राजनीतिसमाचार

टिकटक बन्द गरेर सरकारले गैरजिम्मेवार चरित्र देखायो : शेखर कोइराला

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अध्ययनबिना टिकटक बन्द गरेर सरकारले गैरजिम्मेवार चरित्र देखाएको बताएका छन् ।

शुक्रबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँगको कुराकानीका क्रममा नेता कोइरालाले टिकटक बन्द नगरी नियमन गर्नुपर्नेमा जोड दिए । कोइरालाले अमेरिकासहित विश्वका अन्य मुलुकले कार्यालय समयमा टिकटक बन्द गरेको उदाहरण दिए । कोइरालाले सरकार झनझन गैरजिम्मेवार बन्दै गएको आरोप पनि लगाए । नेताहरूका कारण गणतन्त्र सही बाटोमा हिँड्न नसकेको पनि बताए । गणतन्त्र राम्रो व्यवस्था भए पनि राजनैतिक दलहरूका कारणले गणतन्त्रमाथि प्रश्नचिह्न खडा भएको उनको भनाइ थियो ।

उनले कोसी प्रदेश सभाका कांग्रेसका सांसदहरूका कारण कांग्रेस बचेको बताए ।

Related Articles

Back to top button