समाचार

ललितपुर घेदुङ्को अध्यक्षमा साहिला तामाङ सर्वसम्मत

ललितपुर ,नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति ललितपुरको सातौ जिल्ला अधिवेशन शनिबार समपन्न भएको छ।

प्रतिनिधि सभासदस्य माननीय उदय शम्शेर राणाको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त कार्यक्रमले साहिला तामाङको अध्यक्षतामा १७ सदस्य जिल्ला कार्यसमिति गठन गरेको छ।गठित नवनिर्मित कार्यसमितिमा उपाध्यक्ष सुमन तामाङ ,उपाध्यक्ष मिङमा तामाङ , उपाध्यक्ष छिरिङ लामा सचिव ज्ञान बहादुर थिङ सह सचिव विजय डिम्डुङ कोषाध्यक्ष सरोज स्याङतान लगाएत सदस्य हरुमा विजय तामाङ,अमर तामाङ,मान बहादुर नेगि,ज्यामाङ लामा,जंग बहादुर लामा,हिरा मायाँ तामाङ,लोसाङ तामाङ,सुस्मा तामाङ,बाबुलाल तामाङ,कमल थिङ,राजकुमार गोले सर्वसम्मत भएका हुन।

कार्यबाहक अध्यक्ष प्रेम तामाङको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा प्रदेश सभासदस्य माननीय उर्मिला कुमारी लामा, काेञ्ज्याेसाेम गाउँपालिका अध्यक्ष कृष्णमान लामा सङघिय तामाङ घेदुङका बरिस्ठ उपाध्यक्ष रामकृष्ण लामा इन्द्र लगाएत तामाङ पत्रकार संघ ललितपुर अध्यक्ष प्रकाश लामा लगाएत तामाङ समुदायको बाक्लो उपस्थित रहेको थियो।

Related Articles

Back to top button