राजनीतिसमाचार

गठबन्धनको सरकार बनाउनु अहिलेको बाध्यता : प्रकाशशरण

नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले गठबन्धनको सरकार बनाउनु अहिलेको बाध्यता रहेको बताएका छन्।

कांग्रेस मकवानपुरको जिल्ला सम्मेलनलाई मंगलबार सम्बोधन गर्दै अर्थमन्त्रीसमेत रहेका महतले कुनै पनि दलसँग एकल बहुमत नरहेकोले गठबन्धन गरी सरकार बनाउनुपरेको बताए।‘कतिपय साथीहरुलाई गठबन्धन किन गर्नुपर्‍यो भन्ने लागेको होला। यी कुरा पार्टीको कोणबाट हेर्दा ठीकैजस्तो लाग्छ। तर कुनै पनि दलसँग बहुमत नभएको अवस्थामा गठबन्धन नगरी सरकार बन्दैन,’ प्रवक्ता महतले भने।

उनले मिश्रित निर्वाचन प्रणालीले गर्दा एउटा दलको बहुमत आउन कठिन देखिएको बताए ।

Related Articles

Back to top button