समाचार

महाङ्काल कला- साहित्य महोत्सव भव्यरुपमा सम्पन्न

कृष्ण संञ्जेल ललितपुर , महाङ्काल गाउँपालिकाको केन्द्र गोटिखेलमा २ दिने महाङ्काल कला- साहित्य महोत्सव २०७९ सम्पन्न भएको छ । ‘साहित्य नै समाजको दर्पण हो’ भन्ने नाराका साथ स्थापित सुनगाभा साहित्य सदनको आयोजना र महाङ्काल गाउँपालिकाको आर्थिक सहयोगमा शुक्रबार र शनिबार उक्त महोत्सव आयोजना गरिएको हो ।

महोत्सवमा देशका विभिन्न स्थानबाट आएका २०० भन्दा बढी साहित्यिक स्रष्टाहरुको सहभागिता रहेको थियो । गाउँपालिका प्रमुख गणेश बहादुर केसीबाट उद्घाटन भएको महोत्सवमा २०७८ का मदन पुरस्कार विजेता वरिष्ठ साहित्यकार तथा सञ्चारकर्मी नवराज लम्साल शनिबारको प्रमुख अतिथि रहेका थिए । महोत्सवमा स्थानीय कला संस्कृति तथा झाँकी, खैजेडी भजनको प्रस्तुति, स्थानीय कला प्रदर्शनी, गाउँपालिका अन्तर माध्यमिक विद्यालय स्तरीय कविता प्रतियोगिता, रचानावाचन , सुनगाभा विशेषांकको साथै कृति विमोचन,सम्मान,कलाकारबाट सांगीतिक प्रस्तुतिको साथै सामाजिक संस्कृतिक विकासमा महांकालको मार्गचित्र विषयक सान्दर्भिक बहस समेत आयोजना गरिएको थियो।महोत्सवको अवसरमा ललितपुरका चर्चित लेखक तथा साहित्यकार गोपाल संजेल र रोम बहादुर थोकरलाई विशेष सम्मान गरिएको थियो।

महोत्सवको अवसरमा आयोजित अन्तर माध्यमिक विद्यालय स्तरीय कविता प्रतियोगितामा बाघभैरव मावि कालेश्वरकी पासाङ्ग डोल्मा लामा प्रथम, बाघभैरवाकै कन्चन तिमल्सिना द्वित्तीय,महेन्द्र मावि ठुलादुर्लुङ्गकी रेजिना बन्जारा तृतीय र महेन्द्रकै बबिता बरालले सान्तवना स्थान हासिल गरे। विजेतालाई गाउँपालिका प्रमुख गणेश बहादुर केसीले पुरस्कार वितरण गरेका थिए।

यसैगरी उक्त महोत्सवमा वरिष्ठ साहित्यकारहरु नवराज लम्साल,देवी पन्थी, कृष्ण प्रसाद दाहाल,गोपाल संजेल,सुचिता काफ्ले, यमुना प्रधानाङ्ग मुना,जनार्दन अधिकारी धड्कन लगायत दर्जनौ स्रस्टाहरुले रचानावाचन गरी महोत्सवलाई खुब साहित्यमय बनाए। समापन समारोहका प्रमुख अतिथि वरिष्ठ साहित्यकार डा नवराज लम्सालले महांकाल कला साहित्य महोत्सवलाइ देशभरकै एक उत्कृष्ठ साहित्य महोत्सवको रुपमा आफुले पाएको बताए। महांकाल तथा ललितपुरका सबै स्रस्टाहरु फरक आमाका भए पनि आफ्नै भाई जस्तै आत्मीय रहेको भन्दै उनले आफूले डा नवराज लम्साल बन्नका लागि गरेका दुख र संघर्षका प्रेरणादायी कुराहरु सुनाएका थिए। नयाँ पुस्ताले पुराना धार भन्दा प्[अनि नयाँ नयाँ विषयवस्तु लाई साहित्य सिर्जनामार्फत बाहिर ल्याउन उनको सुझाव थियो। यसैगरी प्राध्यापक डाक्टर कृष्ण प्रसाद दाहालले संसार नै कला साहित्यको भण्डार रहेको र यसले सबैलाई शीतल छहारी दिने बताए। सुनगाभा साहित्य सदनका अध्यक्ष रामसुन्दर केसीले साहित्यको सेवामा सुनगाभाले निरन्तर रुपमा विभिन्न कार्यक्रमहरु संचालन गरिरहेको भन्दै महत्त्वपूर्ण महोत्सव सम्पन्न गर्नका लागि सहयोग गर्ने गाउँपालिका लगायत सम्बन्धित सबैलाई निरन्तरताको अपेक्षा सहित धन्यवाद ज्ञापन गरे।

गाउँपालिका प्रमुख गणेश बहादुर केसीले कला साहित्य महोत्सव जस्तो विशेष र महत्त्वपूर्ण कार्यक्रम महांकाल गाउँपालिकामा नै पहिलो पटक आयोजना भएको दावी गरे। महांकालमा कला साहित्यको विकास र विस्तारका लागि महांकाल गाउँपालिका प्रज्ञा प्रतिष्ठान ऐन गाउँसभाबाट पास भईसकेको र अब छिटै उक्त ऐन कार्यान्वयन गरिने केसीको भनाई छ।

महोत्सवको अवसरमा साहित्यकार सिताराम घिमिरेको चारुसंग्रह ‘नबर्सिने बादल’ पनि लोकार्पण भएको छ। गोटिखेलकै स्थानेया घिमिरेका यसअघि विभिन्न पत्रपत्रिकामा फुटकर कविता,कथाका साथै समर्पण कवितासंग्रह २०७५ र शोकानुभूति शोककाव्य २०७५ प्रकाशित छन्।

Related Articles

Back to top button