समाचार

चापागाउँ आयुर्वेद औषधालयमा उपकरण अभावको कारण बिरामीलाई सकस

नवराज कार्की, ललितपुर –हामी आयुर्वेद भनेर कुदिरहेका हुन्छौँ। तर त्यो भित्र के-के छ खोज्दैनौँ। खोजेर बुझ्ने प्रयत्न पनि गर्दैनौँ। गाउँ समाजमा सामान्य सुनेको कुरामा आफ्नो कुरा थपथाप मिसाएर भन्दिन्छौ,रोगमा उपाय नलागेपछि, माया मारेर उपचार गर्ने वैकल्पिक विधि नै आयुर्वेद हो। वास्तवमा आयुर्वेदलाई वैकल्पिक चिकित्सा भन्नेहरू अज्ञानी अबुझ हुन भन्दा गलत साबित हुँदैन।

सनातन धर्मका चार वेदहरू छन्। ऋक्, साम्, यजुः र अथर्व। अनि यी चारै वेदको चार उपवेद पनि हुन्छन्। चारै वेदबाट निकालिएको साररूपी वेद ज्ञानलाई नै उपवेद भनिएको हो।आयुर्वेद- यो ऋग्वेदको सार हो,धनुर्वेद – यजुर्वेदबाट,गन्धर्ववेद – सामवेदबाट,शिल्पवेद – अथर्ववेदबाट हुन्छन् यी मध्य आयुर्वेद मानव जीवनको लागि महत्त्वपूर्ण रहेको छ।

पछिल्लो समयमा देशको सम्पूर्ण स्थानीय तह हरूमा सरकारले आयुर्वेद औषधालय खोल्ने व्यवस्था मिलाइ रहेको छ।कतिपय स्थानीय तहमा कार्यक्रम लागु भैसकेको छ भने कतिपय ठाउँमा प्रारम्भिक चरणमा रहेको छ।
गोदावरी नगरपालिका स्थित चापागाउँमा रहेको चापागाउँ आयुर्वेद औषधालय देशकै पुरानो मध्यको एक आयुर्वेद औषधालय हो।२०१६ सालमा स्थापन भएको उक्त औषधालयमा पछिल्लो समयमा चहलपहल बढ्न थालेको छ।

सन्तोष श्रेष्ठ (बरिस्ठ कबिराज विशेषज्ञ )

आयुर्वेद चिकित्सा प्रति सेवाग्राहीको चासो
ठुला र महँगो अस्पताल बाट उपचार गराउँदा निको नभएपछि आयुर्वेद उपचार गर्नु पर्छ भन्ने मान्यता बिस्तार हटेर जानू आयुर्वेद चिकित्साको लागि सकारात्मक पक्ष हो।आयुर्वेद उपचार वैकल्पिक पद्धति मात्र नभई यो मूलधारको उपचार पद्धति हो भन्ने बिस्तार युवा पीढीहरूले बुझ्न थालेको छन्।मैले नियुक्ति लिएर आउँदा दैनिक ४/५ जना मुस्किलले उपचार गराउन आउँथे अहिले दैनिक ३०/४० जना आउँछन् यो सकारात्मक पक्ष हो।०७३ सालदेखि चापागाउँ आयुर्वेद औषधालयमा काम गर्दै आइरहनु भएकी सन्तोष श्रेष्ठ बताउछिन् ।श्रेष्ठ अगाडि भन्छन् “हामीले विभिन्न समयमा सामाजिक सचेतनाको काम गर्दै आइरहेको छौ,त्यस्तो कारणले पनि चासो बढेको हुन सक्छ त्यस्को अलावा हामीले अशक्त बिरामी हरूलाई घर घर गएर सेवा प्रदान गर्छौ त्यसैले थप उत्साहित भएको हुन सक्छ।”

आयुर्वेद औषधि

सस्तो शुल्क,निःशुल्क औषधि
चापागाउँ आयुर्वेद औषधालयले न्यूनतम शुल्कमा उपचार गराउँदै आइरहेको छ।१० रुपियाँ बाट सुरु हुने उपचार बिरामीको प्राकृत हेरि ४०/५० रुपियाँ सम्म रहेको छ।नेपाल सरकार बाट प्राप्त निःशुल्क औषधिको कुनै पनि शुल्क तिर्नु पर्दैन ।औषधालयमा नभएको औषधि भने डाक्टरको रेफर बाट बाहिर किन्न सकिन्छ। त्यसो त आर्थिक अवस्था कमजोर रहेका बृद्धअबश्था भएको हुरुको लागि अस्पतालले घरमै गएर निःशुल्क उपचार गर्ने व्यवस्था पनि मिलाएको छ।

कर्मचारी

सेवाग्राहीको चाप,सीमित डाक्टर
कुनै समय स्थानीयको बिस्कुन सुकाउने ठाउँ बनिरहेको आयुर्वेद औषधालय आज भोलि बिरामीको चापले गर्दा कर्मचारीले फुर्सद पाउँदैनन्।नेपाल सरकार बाट ४ जना दरबन्दी कर्मचारी छन् ।दुई जना प्राविधिक चिकित्सक छन् भने दुई जना कार्यालय सहयोगी छन्।नगर स्तरीय अस्पताल भएको हुँदा गोदावरी नगरपालिकाले थप दुई जना कर्मचारी नियुक्ति गरी पठाएको छ।पञ्चकर्म विधि द्वारा opd सेवामा ३०/४० जना सम्म उपचार गर्न सकिन्छ भने अलि सेन्सेटिभ केश मसाज,सेक्नु पर्ने बिरामी हरूको भने डाक्टर अभावको कारण २०/२५ जना भन्दा बढी गर्न नसकिने अस्पताल श्रोत बत्ताउँछन् ।

उपचार गर्न पर्याप्त फर्निचर नहुँदा टेबल बाट उपचार

चुनौती,भौतिक पूर्वदार
कुनै बेला तीन कोठामा खुम्चिएर उपचार गर्नु पर्ने बाध्यतालाई भने अहिले सहज भएको छ।गोदावरी नगरपालिकाको बजेट बाट नयाँ भवन बनेपछि केही सहज भएको हो।भवन बनेपनी फर्निचर हरूको भने अभाव देखिन्छ।एउटा टेबुलको भरमा उपचार गर्नु पर्ने बाध्यता अझै सुल्झिन सकेको छैन।बिरामीको चाप बढ्दै जाँदा फर्निचर अभावको कारण उपचार सहज हुन नसक्नु दुखत कुरा हो।अस्पताल रहेकै वडा अध्यक्ष निल बहादुर देसार व्यवस्थापन समितिका अध्यक्ष रहेको उक्त अस्पतालमा तत्काल फर्निचरको व्यवस्थापन गरिदिनु हुन आग्रह समेत गर्दछौ।

मसाज कोठा

आगामी कार्य योजना
अस्पतालले दिने सेवा हरूलाई आगामी दिनमा अझ परिष्कृत गर्दै लैजाने अस्पताल श्रोतले बत्ताउँछन्।आयुर्वेद चिकित्सा भित्र पर्ने पञ्चकर्मको सम्पूर्ण उपचार,शिरोधारा लगायत सम्पूर्ण उपचार गराउने लक्ष्य लिएको छ।औषधिको अभाव हुन नदिन पहलकदमी चाल्नुको साथै सामाजिक उत्प्रेरणात्मक कार्य गर्नेमा अस्पताल प्रशासन लागिपरेको छ।

उपचार गर्ने उपकरण नहुदा कागज बाट कृतिम उपकरण निर्माण

गोदावरी नगरपालिकाभित्रको मात्र नभएर दक्षिण ललितपुरको तिनै वटा गाउँपालिका बाट उपचार गर्न आउने यो पहिलो अस्पताल बनेको छ।गाउँपालिका मा रहेको सेवा केन्द्रमा पर्याप्त औषधि नदुहा म्यानपावर कमी हुँदा स्थानीय तहमा सहज उपचार नपाउँदा चापागाउँ सम्म आउनु परेको सेवाग्राही बत्ताउँछन।

Related Articles

Back to top button