समाचार

पतञ्जलीले एक अर्ब लगानीमा रूपन्देहीमा आयुर्वेदिक औषधि उद्योग खोल्ने

भारतको हरिद्वारस्थित पतञ्जली योगपिठले रूपन्देहीमा योग प्रशिक्षण केन्द्र र वेलनेस सेन्टर स्थापना गर्ने भएको छ।

पतञ्जलीले रूपन्देहीको धकधईमा एक अर्ब रूपैयाँको लगानीमा आयुर्वेदिक औषधि उद्योग पनि सञ्चालन गर्ने भएको हो ।योगपिठका अध्यक्ष आयुर्वेद शिरोमणि आचार्य बालकृष्णले बुटवलमा पत्रकार सम्मेलन गर्दै नेपालमा जडिबुटीको भण्डार रहेको र तिनै जडिबुटीको सदुपयोग गर्दै आयुर्वेदिक औषधि उद्योग सञ्चालन गर्ने जनाएका हुन्।

उद्योग स्थापना भएपछि ५ सय बढीले रोजगारी पाउने र उनीहरू अधिकांश स्थानीय नै हुने उनले बताए। साथै आफैंले जडिबुटी संकलन गर्ने र उद्योगलाई बिक्री गरेर एक हजार जनाभन्दा बढीले अप्रत्यक्ष रूपमा रोजगारी पाउने पनि उनको भनाइ छ।उनका अनुसार नेपालमा एक लाख जनाभन्दा बढी पतञ्जलीका योग प्रशिक्षक छ भने नेपाल र भारतको राजनीतिक सीमा र सम्बन्ध फरक भए पनि सांस्कृतिक विरासत एउटै भएको बताउँदै त्यसलाई कसैले अस्वीकार गर्न नसक्ने बताए।

प्राकृतिक सुन्दरता, आवतजावतको सहजता, भाषिक, धार्मिक, सांस्कृतिक समानताले भारतीय पर्यटकका लागि नेपाल सहज गन्तव्य भएको उनले उल्लेख गरे।

Related Articles

Back to top button