समाचार

प्राइभेट कम्पनीको पैसा खाएर बसेको बैठक बहिष्कार गरेको हुँ : बालेन

महानगरपालिकाका मेयर बालेन शाहले १७ वटा नगरपालिकाले कुनै निजी कम्पनीको पैसा खाएर बसाएको बैठक भएकाले आफूले बहिस्कार गरेको जनाएका छन्।

उनले आज सामाजिक सञ्जालमा लेखेका छन्, १७ वटा नगरपालिकाले कुनै प्राइभेट कम्पनीबाट पैसा खाएर बसाएको बैठक बहिष्कार गरेको हो, कसैको अपमान गरेको होइन।​ नेताज्युहरूले त देश नै बेच्न खोजिसक्नु भो, तर काठमाडौँ महानगर बिक्रीमा छैन। तपाईंहरूले पुरै देश नै बेच्नु भो भने पनि काठमाडौँ एक्लै भए पनि नेपाल भनेर उभिनेछ।’

मंगलबार आयोजित उपत्यका मेयर्स फोरमको मासिक बैठक बिचमै छाडेर उनले बहिष्कार गरेका थिए। बैठकको सभापतित्व ललितपुरका मेयर चिरिबाबु महर्जनले गरेका थिए। महर्जनको अपमान गरेको भन्ने जस्ता समाचारहरू बाहिरिएपछि बालेनले आज स्टाटसमार्फत प्रष्टिकरण दिएका हुन्।

Related Articles

Back to top button