समाचार

झापामा भैँसीसंग मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

झापामा भैँसीसित मोटरसाइकल ठोक्किँदा १ जनाको मृत्यु भएको छ भने अर्का १ जना घाइते भएका छन्।

झापाको कमल गाउँपालिका–३ शहीदगेट नजिक को २१ प ७७ नम्बरको मोटरसाइकल बुधबार भैँसीसँग ठोक्किएको हो। दुर्घटनामा मोटरसाइकल चालक मोरङको सुन्दरहरैचा नगरपालिका–४ का ३१ वर्षीय मदनबहादुर लायमगरको मृत्यु भएको छ। प्रहरीका अनुसार तीव्र गतिको मोटरसाइकल अनियन्त्रित हुँदै भैँसीसँग ठोक्किन पुगेको थियो।

दुर्घटनामा परी मोटरसाइकलमा सवार सुनसरीको इटहरी–४ का ३० वर्षीय अभिषेक चौधरी घाइते भएको प्रहरी नायब उपरीक्षक खगेन्द्र रिजालले जानकारी दिए। घाइतेको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचार भइरहेको छ।

Related Articles

Back to top button