अर्थतन्त्रसमाचार

खाद्य कम्पनीद्वारा चामल खरिद सम्बन्धी सम्झौताका लागि आह्वान

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चामल खरिदसम्बन्धी सम्झौताका लागि आह्वान गरेको छ । बुधबार एक सूचना प्रकाशित गर्दै १४ हजार क्विटल चामल खरिद गर्न सम्झौताका लागि आह्वान गरेको हो ।

कम्पनीले चालु आर्थिक वर्ष २०८०/०८१ मा चामल खरिदका लागि विद्युतीय माध्यमबाट मिति २०८०/०९/०६ गते बोलपत्र आह्वान गरेको थियो । सार्वजनिक खरिद ऐन, २०६३ को दफा २७ को उपदफा ३ र ४ बमोजिमको नियमानुसारको कार्यसम्पादन जमानत लिई वा नगद धरौटी दाखिला गरी प्रधान कार्यालय, खरिद विभाग ( खरिद एकाइ) मा उपस्थित भई चामल खरिद विक्री सम्बन्धी सम्झौता गर्न भनिएको छ ।

Related Articles

Back to top button