समाचार

कान्तिलोकपथ सडक मकवानपुर खण्डमा अबरुद्ध, ललितपुर खण्ड सुचारु

ललितपुर, अविरल बर्षाको कारण हेटौंडा काठमाडौं जोडने कान्तिलोकपथ बाटो मकवानपुर खण्डमा अबरुद्ध भएको छ।

गए रातिदेखी परेको बर्षाको कारण ललितपुर खण्डमा पर्ने पाङ्दुर (छपेली) सामान्य पहिरोको कारणले गर्दा अबरुद्ध भएपनी हाल संचालन भैसकेको छ भने मकवानपुर खण्डमा पहिरोको कारण अझै बाटो सुचारु हुन सकेको छैन।कान्तिलोकपथ हुँदै दक्षिण ललितपुर प्युटार आश्राङ गिम्दी जाने बाटोमा कुनै पनि अबरोध नभएको जानकारी प्राप्त भएको छ।

काठमाडौ हेटौंडा दुरिको लागि बाटो अबरुद्द भए पनि ललितपुर खण्ड सम्मको लागि यो समाचार तयार पार्दा सम्म कुनै अबरोध नरहेको हुदा यात्रा गर्न सकिन्छ।बर्षातको समयमा पहाडी बाटोमा पहिरो खस्ने जोखिम भएको हुदा सम्बन्धित संस्था बाट जानकारी लिएर मात्र यात्रा गरिदिनु हुन आग्रह समेत गर्दछौं

Related Articles

Back to top button