समाचार

नक्कली बैंक ग्यारेन्टी बनाउने साहलाई चार वर्ष कैद र ४२ लाख रुपैयाँ जरिवाना

सर्लाहीको लालबन्दी नगरपालिकाको भवन निर्माणका क्रममा अनियमितता भएको विषयमा दोषी ठहर भएका सन्तोषविक्रम साहलाई सजाय तोकिएको छ।

विशेष अदालतले भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार साहलाई बिगोबराबर ४२ लाख रुपैयाँ जरिवाना र चार वर्ष कैद हुने ठहर गरेको हो।ठेकेदार शिवनन्दन पासवान र साहलाई विशेषले दोषी ठहर गरेको थियो। साह सर्लाहीको मलंगवास्थित नेपाल बैंक लिमिटेडको ऋण फाँटमा सहायक पदमा कार्यरत थिए। ठेकेदारमध्येका अनिल गुप्ताले भने यस मुद्दामा सफाइ पाएका छन्।

ठेकेदार पासवानलाई सोही दिन दुई वर्ष कैद र बिगोबराबरको ४२ लाख जफत हुने फैसला भएकोमा साहको सजाय आज बिहीबार तोकिएको हो।

Related Articles

Back to top button