समाचार

भूकम्प पीडित पत्रकारलाई प्रेस सेन्टर ललितपुरले न्यानाे ज्याकेट उपलब्ध गराउने

प्रेस सेन्टर ललितपुरले भूकम्प पीडित पत्रकारहरुलाई तीन लाख बराबरको न्यानाे ज्याकेट उपलब्ध गराउने भएको छ । सेन्टर ललितपुर शाखाका अध्यक्ष रामहरि कार्कीले दिएकाे जानकारी अनुसार आज बसेकाे जिल्ला कार्यसमिति बैठककाे निर्णयमा जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडित पत्रकारहरुलाई तीन लाख रुपैयाँ बराबरको १ सय थान ज्याकेट उपलब्ध गराइने भएको हाे ।

“भूकम्पमा परेका पीडित पत्रकार साथीहरुलाई सहयाेग पुर्‍याउने हाम्रो अभिप्राय हाे । पत्रकारिता पेशामा रहेका साथीहरूलाई पीडा परेकाे समयमा सहयाेग गर्नु हाम्रो मानवीय धर्म हाे । रुकुम पश्चिम र जाजरकोटका भूकम्प पीडित सबै पत्रकारलाई पुग्ने गरि प्रेस सेन्टर केन्द्रीय कार्यसमितिमार्फत हामी न्यानाे ज्याकेट उपलब्ध गराउँछाैं ।” अध्यक्ष कार्कीले भन्नुभयो ।

प्रेस सेन्टर ललितपुरका इन्चार्ज सुर्य सुवेदीले दिएकाे जानकारी अनुसार तत्कालीन राज्यपक्षबाट वेपत्ता पारिएका पत्रकार मिलन नेपालीकाे नाममा स्थापित यस बर्षकाे “मिलन नेपाली साहासिक पत्रकारिता पुरस्कार” प्रदान गर्नका लागि तीन सदस्यीय छनाैट समिति गठन गरिएको छ ।  समितिमा ललितपुर बार एशाेशियशनका अध्यक्ष अधिवक्ता राम श्रेष्ठकाे संयाेजकत्वमा तीन सदस्यीय समिति गठन भएको छ ।

काेराेना महामारीको समयमा पनि प्रेस सेन्टर ललितपुरले पत्रकारहरुलाई सहयाेग पुग्ने गरि माक्स, सेनिटाइजर, प्रेस ज्याकेट, खाद्यान्न लगायतका सामग्रीहरु उपलब्ध गराएकाे थियाे ।
“संस्थागत रुपमा सहयाेग गर्दा आपतमा परेका साथीहरूलाई ठूलाे काम हुन्छ । गत वर्ष पनि हामीले जिल्लामा क्रियाशील प्रेस सेन्टरका पत्रकार साथीहरूलाई  न्यानाे ज्याकेट उपलब्ध गराएका थियाैं । याे वर्ष भूकम्प पीडितलाई सहयाेग गर्ने निर्णय भएको हाे ।” सचिव दिपक अर्यालले भन्नु भयाे ।

Related Articles

Back to top button