समाचार

४० अर्ब तत्काल भुक्तानी नगरे देशभरका निर्माण कार्य ठप्प पार्ने व्यवसायीको चेतावनी

नेपाल निर्माण व्यवसायी महासंघले सरकारको दायित्व बमोजिम भुक्तानी गर्न बाँकी ४० अर्ब रुपैयाँ तत्काल भुक्तानी नगरे देशभरका निर्माण कार्य ठप्प पार्ने चेतवानी दिएका छन् ।

शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महांसंघले सो चेतवानी दिएको हो ।‘महासंघको लचकतालाई राज्यका निकायहरुले अब पनि कमजोरीको रुपमा लिएमा तत्काल देशभरका निर्माण कार्यहरु ठप्प पारी निर्णायक आन्दोलनमा जान बाध्य हुनेछौँ, महासंघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

२०७९ पुस २० को निर्देशनअनुसार क्रसर बन्द लगायतको कारण व्यवसायीहरुले चर्को मूल्यमा निर्माण सामग्री खरिद गर्नुपरेको हुँदा मूल्य समायोजन पाउनुपर्नेमा अहिलेसम्म पनि नपाउँदा व्यवसायीहरुलाई ठूलो आर्थिक भार परेको महासंघले जनाएको छ ।लामो समयदेखि अन्योलग्रस्त र बजेट नभई काम हुन नसक्ने, डिजाइन परिवर्तन भएका, साइट उपलब्ध हुन नसक्ने र काबु बाहिरका निर्माण कार्य सुविस्ताको आधारमा ठेक्का अन्त्य गर्नुपर्नेजस्ता मागको वेवस्ता सरकारले गरेको महासंघको भनाइ छ ।

चेक बाउन्स र बैंक ग्यारेण्टी जफत गर्नेलगायतका कारबाही रोकिनुपर्ने, बीमाको प्रिमियम दरमा भएको अत्यवधिक मूल्यवृद्दि घटाउनुपर्नेलगायतका महासंघसँग गरेका सहमतिबाट सरकार पछि हटेको महासंघको आरोप छ ।

Related Articles

Back to top button