खेलकुदसमाचार

क्यानडाविरुद्धको खेलमा नेपाल सात रनले विजयी

क्यानडाविरुद्ध एक दिवसीय क्रिकेट सिरिज अन्तर्गत पहिलो खेलमा नेपाल सात रनले विजयी भएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा जितका लागि २ सय २५ रनको मध्यम लक्ष्य पछ्याएको क्यानडा ४७.५ ओभरमा सबै विकेटको क्षतिमा दुई सय १७ रनमा समेटिएको थियो ।क्यानडाका लागि निकोलस किर्तनले ६८ रनको अर्धसतकीय इनिङ्स खेले । यस्तै परगत सिंहले ५०, हर्ष थाकेरले ३२ र ओपनर आरोन जन्सनले २० रन बनाए ।

खेलाडीले दोहोरो अङ्ककमा रन जोड्न सकेनन् ।

 

Related Articles

Back to top button