खेलकुदसमाचार

एपीएफलाई हराएर पुलिस आहा राराको क्वाटरफाइलनमा

पोखरामा जारी आहा रारा पोखरा गोल्डकपअन्तर्गत नेपाल पुलिस क्लब क्वाटरफाइनल प्रवेश गरेको छ । शुक्रबार पोखरा रंगशालामा भएको एपिएफसँगको प्रतिस्पर्धामा पुलिस २–० गोल अन्तरले विजयी भएको हो ।

पुलिसका लागि दुवै गोल मानबहादुर परियारले गरेका हुन् । खेलाको १९ औँ मिनेटमा प्रताप गुरुङको प्रहारलाई हेड मार्फत जाली चुमाएका परियारले दोस्रो हाफको ७१ औँ मिनेटमा दोस्रो गोल गरे ।

विदेशी पाहुना टोली भुटानको पारो एफसी र थ्रिस्टारबिच शनिबार पहिलो क्वाटरफाइनल खेल हुनेछ ।

Related Articles

Back to top button