अर्थतन्त्रसमाचार

शेयर बजार १५ अङ्कले घट्याे

हिजाे आइतवार उच्च अङ्कले बढेर ‘सर्किट’ लागेकाे शेयर बजार आज साेमवार भने घटेकाे छ । शेयर बजार परिसूचक नेप्से बन्द हुने बेलामा १५ दशमलव ४० अङ्कले घटेर १ हजार ९ सय ४८ दशमलव ५७ विन्दुमा झरेकाे छ ।

आज निर्जीवन बीमा, माइक्राेफाइनान्स, उत्पादन तथा प्रशाेधन र म्युचल फन्डबाहेक सबै समूहकाे शेयर घटेकाे छ । आज विकास बैंक, जीवन बीमा, हाेटल तथा पर्यटन, व्यापार, फाइनान्स समूहकाे शेयर उच्च अङ्कले ओरालाे लागेकाे छ । आज सबैभन्दा धेरै समता घरेलु लघुवित्तकाे शेयर ७ प्रतिशतभन्दा धेरैले घटेकाे छ । समग्रमा बजार घटेकाे दिन बाेटलर्स नेपाल, सामुदायिक लघुवित्त र दाेल्ती पावर कम्पनीकाे शेयर भने १० प्रतिशतले बढेकाे छ ।

आज बजार घटे पनि काराेबार रकम भने बढेकाे छ । आज १ कराेड ८६ लाख कित्ता शेयर ४ अर्ब ८४ कराेड रुपैयाँमा काराेबार भएको छ ।

Related Articles

Back to top button