खेलकुदसमाचार

जोर्डनलाई हराउँदै कतारले जित्यो एशियन कपको उपाधि

कतारले लगातार दोस्रो पटक एशियन कपको उपाधि जितेको छ।

शनिबार राति सम्पन्न फाइनल खेलमा जोर्डनलाई ३-१ गोल अन्तरले पराजित गर्दै कतारको एशियन कपको उपाधि जितेको हो । साउदी अरेबियाले १९८४ र १९८८ मा, इरानले १९६८ र १९७२ मा तथा दक्षिण कोरियाले १९५६ र १९६० मा एशियन कप जितेको थियो।

पहिलो पटक फाइनलमा पुगेको जोर्डन उपविजेता बनेको छ।

Related Articles

Back to top button