समाचार

कांग्रेस महासमिति बैठक फागुनमा सार्न प्रस्ताव

नेपाली कांग्रेसले पुसमा गर्ने भनिएको महासमितिको बैठक फागुनमा गर्न प्रस्ताव गरेको छ।

पार्टी कार्यालय सानेपामा शुक्रवार बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले राष्ट्रिय सभा निर्वाचन फागुन ७ देखि १० सम्म महासमितिको बैठक राख्न प्रस्ताव गरेको हो।कांग्रेस प्रवक्ता तथा अर्थमन्त्री प्रकाशशरण महतले राष्ट्रिय सभाको निर्वाचनका कारण फागुन ७ देखि १० गतेसम्म महासमितिको बैठक राख्न बैठकमा प्रस्ताव आएको थियो।

पार्टीले पुस १६ देखि १९ गतेसम्म महासमिति बैठक राख्ने निर्णय गरेको थियो। कांग्रेस सभापति शेरबहादुर देउवाले पुसमा जाडो हुन्छ भन्दै बैठक सार्न यस अगाडि नै प्रस्ताव गरिएको थियो ।

Related Articles

Back to top button