राजनीतिसमाचार

काठमाडौं उपत्यकामा अहिले खाल्डाखुल्डी छैन : यातायातमन्त्री

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले काठमाडौं उपत्यका अहिले खाल्डाखुल्डीरहित बनेको दाबी गरेका छन् ।

सोमबार ललितपुर महानगरपालिकाको १०५औं स्थापना दिवसका अवसरमा महानगरपालिकामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतका कुनै पनि सडकमा अहिले खाल्डाखुल्डी नदेखिने दाबी गरेका हुन् ।

‘काठमाडौं उपत्यका अहिले खाल्डाखुल्डीरहित बनेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतका कुनै पनि सडकमा अहिले खाल्डा देख्न सक्नुहुन्न,’ उनले भने, ‘खानेपानीले समस्या बनाउँछ, विद्युत्ले समस्या बनाउँछ । हामीले हाम्रो मन्त्रालयअन्तर्गतका खाल्डाखुल्डी मर्मत गरेका छौँ । बाँकी कहीँ कतै छ भने त्यसको मर्मत गर्न प्रतिबद्ध छौँ ।’
मन्त्री ज्वालाले काठमाडौं उपत्यकालाई धुलोरहित बनाउने, यातायात व्यवस्थालाई सुगम, भरपर्दो र सुरक्षित बनाउने कुरामा आफू सहकार्य गर्न तयार रहेको बताए ।

Related Articles

Back to top button