राजनीतिसमाचार

उपत्यकाको विकास एकैपटक हुनुपर्छ : बालेन

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले उपत्यकाको विकास एकैपटक हुनुपर्ने बताएका छन् ।

सोमबार ललितपुर महानगरपालिकाको १०५औँ स्थापना दिवसका अवसरमा महानगरपालिकामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले उपत्यकाको सुन्दरतालाई बढाउन उपत्यकाका सबै महानगरपालिकाको विकास एकैपटक हुनुपर्ने बताएका हुन् । उनले उपत्यकाको विकास एकैपटक गर्न संघीय र स्थानीय कानुन बाझिएका कारण असहज भएको बताए ।

बालेनले संघीय सरकारका कारण फोहोर व्यवस्थापनमा समस्या भइरहेकाले फोहोर व्यवस्थापनको दीर्घकालीन समस्या समाधानका लागि कानुनको बाधा अड्चन फुकाइदिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरे । उनले काठमाडौंको खोला अतिक्रमणमा सरकारले आवश्यक पहल गर्नुपर्ने बताए ।

Related Articles

Back to top button