राजनीतिसमाचार

निर्वाचनको जित हार कांग्रेसका लागि सामान्य पक्ष हो : गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेसको प्राथामिकता ०८४ को निर्वाचन र सरकारमा बस्नुमात्र नभएको बताएका छन् ।

पार्टी स्थापना दिवसको अवसरमा शुक्रबार पार्टी कार्यालय सानेपामा भएको कार्यक्रममा बोल्दै उनले निर्वाचनको जित हार कांग्रेसका लागि सामान्य पक्ष भएको बताए । उनले कांग्रेसको धर्म देशको हित गर्नु र भुइँमा बसेको मान्छेलाई माथि उठाउनु रहेको धारणा राखे । “०८४ को निर्वाचनको बारेमा सोच्छौँ जित हार सामान्य पक्ष हो । कांग्रेसको धर्म यो देशको हित गर्नु हो । भुइँमा बसेके मान्छेलाई माथि उठाउनु हो,” थापाले भने, “यो धर्म निर्वाह गर्दा सरकामा बसौँला नबसौँला फरक र सामान्य कुरा हो ।”

उनले देश बिग्रियो र प्रजातन्त्रले केही दिएन भन्नेलाई आज के के भएको छ देशमा हेर्न पनि अनुरोध गरे ।महामन्त्री थापाले भोलिबाट कांग्रेस समुदायमा जाने पनि बताए । साथै उनले सहिद दिवसको दिन काठमाडौंमा नेताको घरमा कार्यक्रम नहुने भन्दै सबै क्रियाशील सदस्यलाई वडामा हुने कार्यक्रममा पुग्न निर्देशन पनि दिए ।

Related Articles

Check Also
Close
Back to top button