समाचार

नारायणगढ–मुग्लिन सडक माघ २० गतेसम्म दैनिक ४ घण्टा बन्द गरिने

नारायणगढ–मुग्लिन सडक माघ २० गतेसम्म दैनिक ४ घण्टा बन्द गरिने भएको छ ।

गएको पुस ७ गतेदेखि दैनिक ४ घण्टा सडक बन्द गरी काम थालिएकोमा थप तीन हप्ता बन्द गरिने भएको हो ।तुइन खोलामा पुल बनाउन पहाड काट्ने काम भैरहेको छ । यसका लागि यसअघि भोलि २८ गतेसम्म सडक बन्द गरिएकोमा काम नसकिएपछि थपिएको नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन)का सूचना अधिकारी कृष्ण आचार्यले जानकारी दिनुभयो ।

जिल्ला प्रशासन कार्यालय चितवनमा बसेको सर्वपक्षीय बैठकले थप तीन हप्ता सडक बन्द गरेर पहाड काट्ने निर्णय गरेको हो । निर्णयअनुसार माघे सङ्क्रान्तिको दिन माघ एक गते सडक बन्द हुने छैन ।

 

Related Articles

Back to top button