समाचार

राष्ट्रियसभा निर्वाचनका लागि दुई हजार ४७ मतदाता कायम

निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मतदाता नामावली स्वीकृत गरेको छ ।

निर्वाचनमा कूल दुई हजार ४७ मतदाता कायम गरिएको निर्वाचन आयोगद्वारा जारी विज्ञाप्तिमा उल्लेख छ । राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेशसभा सदस्य, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखले मतदान गर्ने कानुनी व्यवस्था छ ।सो व्यवस्थाबमोजिम प्रदेशसभा सदस्य पाँच सय ४९ तथा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, नगरपालिकाका प्रमुख र उपप्रमुख एक हजार चार सय ९८ मतदाता रहेका छन् ।

निर्वाचन कार्यक्रम बमोजिम यही पुस २० गते निर्वाचन अधिकृतको कार्यालयमा उक्त मतदाता नामावली प्रकाशित हुनेछ । यही पुस २२ गते अन्तिम मतदाता नामावली प्रकाशन हुने निर्वाचन आयोगले जनाएको छ ।

Related Articles

Back to top button