राजनीतिसमाचार

मौलिक उत्पादनबारे जागरण अभियान चलाउन आवश्यक : राष्ट्रपति

राष्ट्रपति रामचन्द्र पौडेलले काभ्रेपलान्चोक जिल्ला कृषि एवम् पशुजन्य उत्पादन र बजारमुखी उत्पादनको दृष्टिले महत्वपूर्ण क्षेत्र भएको बताउनुभएको छ ।

वृहत् काभ्रेपलान्चोक कृषि महोत्सवको आज उद्घाटन गर्नुहुँदै राष्ट्रपति पौडेलले कृषि उद्यमीहरू कृषि कर्मबाट अन्य पेशा  व्यवसायतर्फ आकर्षित भइरहेको सन्दर्भमा यहाँका उद्यमीहरू कृषि कार्यप्रतिको आकर्षण तथा रोजगारी र आयआर्जनसहितको आत्मनिर्भरता बढाउने गरी कृषिजन्य व्यवसायमा लागेको बताउनुभयो । उहाँले कृषिजन्य व्यवसायमा व्यापकता अभिवृद्धिमा  यस महोत्सवले महत्वपूर्ण योगदान दिने विश्वास समेत व्यक्त गर्नुभयो ।

उहाँले कृषि र पशुपालनका साथै लोपोन्मुख अवस्थाका प्रविधि, अभ्यास र रैथाने बालीको संरक्षण र संवद्र्धन गरी नयाँ पुस्तालाई परिचित गराउने तथा यसको ज्ञान र प्रविधि हस्तान्तरण गर्नु आजको आवश्यकता भएको बताउनुभयो  ।

राष्ट्रपति पौडेलले बढ्दो शहरीकरणको प्रभावबाट छायाँमा परेका पौष्टिक महत्व भएको हाम्रो मौलिक उत्पादनबारे जनचेतना र जागरण अभियान चलाउन आवश्यक रहेको उल्लेख गर्नुहुँदै यसको उत्पादनलाई बढावा दिनेतर्फ पनि उत्तिकै ध्यान दिनु जरुरी रहेको बताउनुभयो  ।

 

Related Articles

Back to top button