समाचार

ग्रामीण बिद्युत् सहकारीमा गोविन्द बजगाईँ विजयी 

ललितपुर – दक्षिण ललितपुर विद्युत् सहकारी संस्थाको २२ औँ साधारण सभामा भएको निर्वाचन बाट अध्यक्ष पदमा  गोविन्द प्रसाद बजगाईँ विजयी भएका छन् ।

ललितपुरको ग्रामीण भेग साबिक १९ वटा गाविसमा सहकारीको माध्यम बाट बत्ती बाल्न सफल नेपालकै पहिलो दक्षिण ललितपुर ग्रामीण बिद्धुत सहकारी संस्थाको  चापागाउमा भएको निर्वाचनका क्रममा बजगाईँले निकटतम  प्रतिस्पर्धी भीमसेन आचार्यलाई २ सय ७८ मतले पछि पारेर विजयी हुनुभएका हुन।निर्वाचन समितिका अनुसार विजयी बजगाईँले ९ सय ४१ मत र निकटतम  प्रतिस्पर्धी भीमसेन आचार्यले ६ सय ६३ मत पाएका थिए। बजगाईँ विजयी भएसँगै संस्थाको तेस्रो कार्यकालको जिम्मेवारी पाएका छन् ।

संस्थाको अध्यक्षका लागि नेकपा एमाले ,नेपाली काँग्रेस र माओवादी केन्द्र सहितको साझा उम्मेदवार गोविन्द बजगाईँ सर्वसम्मत तय गरेको थियो भने उता नेकपा माओवादी निकट भनिएता पनि स्वतन्त्र रूपमा उम्मेदवारी दिएका भीमसेन आचार्य मैदानमा होमिएका थिए।

करिब ८ हजार भन्दा बढी उपभोक्ता मध्य ५ हजार ४ सय मतदाता रहेको एस दक्षिण ललितपुर ग्रामीण बिद्धुत सहकारी संस्थाको निर्वाचनमा १३३५मत खसेको थियो।ललितपुरको ग्रामीण भाग बागमती गाउँपालिका,कोन्ज्योसोम गाउँपालिका ,माहाङ्काल गाउँपालिका र गोदावरी नगरपालिका भित्र पर्ने देबिचौर एस सहकारीको कार्यक्षेत्र रहेको छ।

Related Articles

Back to top button