अर्थतन्त्रबजारसमाचार

आजको तरकारी मुल्य

नेपाली ठूलो गोलभेँडाको न्यूनतम बिक्री मूल्य प्रतिकिलो ४० रुपैयाँ छ।

कालिमाली फलफूल तथा तरकारी विकास समितिले निर्धारण गरेको बिहीबारको मूल्यसूची अनुसार ठूलो गोलभेँडाको अधिकतम बिक्रीमूल्य ५० रूपैयाँ प्रतिकिलो छ।भारतीय गोलभेँडा किलोको १० रुपैयाँ महँगो रहेको समितिले जनाएको छ।

भारतीय गोलभेँडाको आजको बिक्री मूल्य न्यूनतम ५० र अधिकतम ६० रुपैयाँ प्रतिकिलो छ।सानो स्थानीय गोलभेँडा भने निकै नै सस्तो छ। स्थानीय सानो गोलभेँडाको बिक्री मूल्य न्यूनतम १० रुपैयाँ प्रतिकिलो र अधिकतम १५ रुपैयाँ छ।टनेलको गोलभेँडा सानोको तुलनामा किलोमा ५ रुपैयाँ महँगो छ। टनेलको सानो गोलभेँडाको बिक्री मूल्य न्यूनतम १५ र अधिकतम २० रुपैयाँ प्रतिकिलो छ।

तराईको सानो गोलभेँडाको न्यूनतम मूल्य प्रतिकिलो २० र अधिकतम २५ रुपैयाँ छ।रातो आलुको न्यूनतम मूल्य किलोको ३३ र अधिकतम ३५ रुपैयाँ छ।भारतीय रातो आलु केही सस्तो छ। भारतीय रातो आलुको न्यूनतम मूल्य २९ रुपैयाँ र अधिकतम ३१ रुपैयाँ प्रतिकिलो छ।भारतीय सुकेको प्याजको आजको मूल्य न्यूनतम प्रतिकिलो ८० र अधिकतम ८५ छ।चिनियाँ प्याज किलोको २० रुपैयाँ सस्तो छ। चिनियाँ सुकेको प्याजको न्यूनतम मूल्य प्रतिकिलो ६० र अधिकतम ६५ रुपैयाँ छ।स्थानीय काउलीको न्यूनतम मूल्य प्रतिकिलो ३० र अधिकतम ४० रुपैयाँ छ।

स्थानीय ज्यापु काउलीको मूल्य न्यूनतम प्रतिकिलो ४० र अधिकतम ५० रुपैयाँ छ।रातो मुलाको न्यूनतम मूल्य प्रतिकिलो १० र अधिकतम १५ रुपैयाँ छ। सेतो स्थानीय मुलाको न्यूनतम मूल्य प्रतिकिलो १० र अधिकतम १५ रुपैयाँ छ।

हाइब्रिड सेतो मुलाको न्यूनतम मूल्य प्रतिकिलो १५ र अधिकतम २० रुपैयाँ छ।

Related Articles

Back to top button