समाचार

मिटरब्याज पीडितमाथि खुकरी प्रहारको प्रयास गर्नेमाथि प्रहरीद्धारा अभद्र व्यबहार मुद्दा दर्ता

सिराहामा मिटरब्याज पीडितमाथि दुर्व्यवहारसँगै खुकरी प्रहारको प्रयास गर्नेमाथि प्रहरीले अभद्र व्यबहार मुद्दा दर्ता गरेको छ ।

सिराहाको कल्याणपुर नगरपालिका-८ अरङ टोलका ६५ वर्षीय रामनारायण सिंहमाथि इलाका प्रहरी कार्यालय मिर्चैयाले अभद्र व्यवहारको मुद्दा दर्ता गरेको हो ।सिंहले गत सोमबार आफ्ना छिमेक मिटरब्याज पीडित संजयकुमार कामतीमाथि दुर्व्यवहारसँगै खुकुरी प्रहारको प्रयास गरेका थिए ।

Related Articles

Back to top button