अर्थतन्त्रसमाचार

काठमाण्डौ महानगरले ६ महिनामा झन्डै ५ अर्ब रुपैयाँ राजस्व उठायो

काठमाण्डौ महानगरपालिकाले चालु आर्थिक वर्षको ६ महिनामा झन्डै ५ अर्ब रुपैयाँ राजस्व उठाएको छ ।

अर्धवार्षिक अवधि अर्थात् ६ महिनामा ४ अर्ब ९० करोड ५१ लाख ९० हजार रुपैयाँ राजस्व असुल भएको हो । अघिल्लो आर्थिक वर्ष साउनदेखि पुस मसान्तसम्म ४ अर्ब ५६ करोड २९ लाख ५७ हजार रुपैयाँ राजस्व उठेको थियो । अघिल्लो आर्थिक वर्षको ६ महिनामा उठेको भन्दा यसपालि ३४ करोड रुपैयाँभन्दा धेरै राजस्व असुल भएको हो ।

महानगरको राजस्व विभागका प्रमुख ध्रुव काफ्लेका अनुसार सबैभन्दा धेरै घर भाडा अर्थात् बहाल करका रूपमा १ अर्ब ३५ करोड ६३ लाख ३० हजार रुपैयाँ राजस्व प्राप्त भएको छ ।

Related Articles

Back to top button