समाचार

राप्रपा गोदावरीमा तिमल्सिनाको दावेदारी

ललितपुर,आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि ललितपुरको गोदावरी नगरपालिकाको प्रमुखमा राष्ट्रिय प्रजातन्त्र पार्टी बाट मुक्ति नाथ तिमल्सिना दावेदार रहेका छन।

०७४ को स्थानीय निर्वाचन पछि बितेका यी चार बर्षमा थोरै मात्र जनप्रतिनिधि हरुले जनताको मत लाई सहि सदुपयोग गरेको पाइन्छ।प्राय जनप्रतिनिधि हरुको काम गर्ने शैली र कार्यकर्ता भर्ती केन्द्रको रुपमा सथानिय निकायलाइ प्रयोग गरिनुले जनता बैकल्पिक शक्ति खोजिरहेको बताउछन तिमल्सिना ।

पछिल्लो समयमा ठुला दलहरु बाट निरास भएका जनमानस बैकल्पिक शक्तिको रुपमा राप्रपा लाई हेर्नेमा ढुक्क रहेको तिमल्सिना भन्छन् ।विभिन्न स्थानमा गरेको सम्बोधन कार्यक्रममामा आएको मास लाई हेर्ने हो भने बैकल्पिक शक्ति को रुपमा राप्रपा आउन सक्ने अनुमान सहज रुपमा लिन सकिन्छ।

राप्रपा ललितपुर अध्यक्ष अष्ट महर्जका अनुसार ललितपुरको सबै स्थानीय तह मा राप्रपा को उम्मेद्बारी रहने बताउनु भएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button