अर्थतन्त्रसमाचार

जाजरकोट भूकम्पः २६ हजार लाभग्राहीले पाए पहिलो किस्ता

जाजरकोट भूकम्पबाट प्रभावित रुकुमपश्चिमका छ पालिकाका २६ हजार पाँच सय ७३ लाभग्राहीले अस्थायी आवास निर्णाणका लागि पहिलो किस्ताबापत रु २५ हजारका प्राप्त गरेका छन् ।

सहायक प्रमुख जिल्ला अधिकारीले प्रवेश बढुवालले सबैभन्दा बढी आठबीसकोट नगरपालिकाका नौ हजार सात सय ३२ र सबैभन्दा कम मुसीकोट नगरपालिकामा आठ सय ५८ लाभग्राहीले पहिलो किस्ताबापत रकम प्राप्त गरेको बताउनुभयो ।

उहाँका अनुसार सानीभेरी गाउँपालिकामा पाँच हजार चार सय ३२, त्रिवेणी गाउँपालिकामा दुई हजार सात सय ७२, चौरजहारी नगरपालिकामा छ हजार एक सय ६५ र बाँफीकोट गाउँपालिकामा लाभग्राही पहिचान भएका सबै एक हजार छ सय ९९ लाभग्राहीले अस्थायी आवास निर्माण गर्न पहिलो किस्ता प्राप्त गरेका छन् ।

उहाँका अनुसार छ वटै स्थानीय तहका लाभग्राहीले हालसम्म रु २५ हजारका दरले रु ६६ करोड ४३ लाख २५ हजार प्राप्त गरेका छन् ।

Related Articles

Back to top button