खेलकुदसमाचार

प्रधानमन्त्री कपः मधेश प्रदेशसंग कर्णाली ६१ रनले पराजित

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेश प्रदेशले कर्णाली प्रदेशलाई पराजित गरेको छ ।

टियु क्रिकेट मैदानमा शनिबार भएको खेलमा मधेशले कर्णालीलाई ६१ रनले पराजित गरेको हो । जितका लागि २३२ रनको लक्ष्य पछ्याएको कर्णाली ४१ दशमलव १ ओभर खेल्दा १ सय ७० रनमा समेटियो । कणालीका लागि अर्जुन घर्तिले अधशतकिय पारी खेल्दै ५८ रन बनाए । मधेशका राजेश यादवले तीन विकेट लिए ।

पराजित भएको कर्णाली प्रदेश ४ अंकका साथ तालिकाको सातौं स्थानमा रहेको छ ।

Related Articles

Back to top button