अर्थतन्त्रराजनीतिसमाचार

अर्थतन्त्र लयमा फर्किन शुरु गर्‍यो : अर्थमन्त्री मन्त्री

अर्थमन्त्री डा.प्रकाशशरण महतले नेपालको अर्थतन्त्र लयमा फर्किन सुरु गरेको बताएका छन् । शनिवार नुवाकोटमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै अर्थमन्त्री डा. महतले अर्थतन्त्र बिस्तारै लयमा फर्किएको बताएका हुन् ।

‘बिस्तारै अर्थतन्त्र लयमा फर्किँदै छ,’ उनले भने, ‘जग्गा कारोबार चलायमान भएको छ, नेप्से परिसूचक उकालो लागेको छ । धेरै वर्षपछि उच्च सङ्ख्यामा पर्यटक भित्रिएका छन् ।’ विविध कारणले आर्थिक वृद्धि पहिलेको तुलनामा बढ्ने बताउँदै त्यसका लागि लगानीको नयाँ क्षेत्र पहिचान गर्नुपर्ने बताए ।

देशको अर्थतन्त्रको स्थितिमाथि देखिएको अन्योल समाप्त हुँदै गएको समेत अर्थमन्त्री महतको भनाइ छ ।

Related Articles

Back to top button