राजनीतिसमाचार

मेरो नाममा चेक आयो तर जम्मा भएको घण्टी बजेन : रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो खातामा एक करोड ८० लाख जम्मा नै नभएको बताएका छन् ।

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सभापति लामिछानले भने ‘मेरो नाममा चेक काटिएको रहेछ तर रकम जम्मा भएको भनेर घण्टी नबजेको बताए ।उनले आफ्नो खातामा कसैले एक करोड ८० लाख रुपैयाको चेक जम्मा गरेको र पछि जम्मा गर्ने संस्थाको खातामा पैसा नभएर चेक फिर्ता भएको उल्लेख गरे । उनले आफ्नो बद्नामी गर्न केहि व्यक्तिहरु निरन्तर लागिपरेको गुनासो गर्नुभयो । उहाले बैंकको खाता सम्पत्ति सुद्धीकरण, प्रहरीले हेर्न मिल्ने भन्दै उक्त रकम जम्मा भएको भए जस्तोसुकै सजाय भोग्न तयार रहेको बताए ।

लामिछानेले सहकारी पिडितको पक्षमा सदैव आफ्नो पार्टी लडिरहने जिकिर गरे ।

Related Articles

Back to top button