राजनीतिसमाचार

उदयले जिते पछि कान्तिलोकपथ निर्माण गर्न पाँच अरब भन्दा बढी बजेट बिनियोजित भयो : महर्जन

ललितपुर-ललितपुर क्षेत्र एक अन्तर्गत ख प्रदेशले बाम लोकतान्त्रिक कार्यकर्ता भेला सम्पन्न गरेको छ।आगामी मंसिर ४ गते हुने निर्वाचन लाई सहज पुर्याउने उद्देश्यले आयोजना गरेको कार्यक्रममा पाँच दलिय गठबन्धनको तर्फ बाट चुनाव परिचालन कमिटी समेत गठन गरिएको थियो।

हिमसिखर पार्टी प्यालेस चापागाउ टाखेलमा सम्पन्न भएको कार्यक्रममा नेपाली कांग्रेस केन्द्रिय सदस्य तथा पुर्व अर्थराज्यमन्त्री उदय सम्सेर राणाले दोश्रो कर्णाली भनेर चिनिने एक क्षेत्रमा बर्षामान पुन र मैले सुरु गरेको काम बाहेक कम्युनिस्ट नेताले माखो पनि मार्न नसकेको बताउनु भयो। राणाले मैले बनाएको संरचना भित्र रहेर मेरो चरित्र माथी प्रस्न उठाउन जति सजिलो छ त्यो भन्दा ठूलो काम गरेर देखाउन अग्रह गर्नु भयो।राणा भन्छन ” चुनाब जितेर जाने उनिहरु अनि काम गरेन भनेर गाली खानु पर्ने चै मैले? एस्तो लाजमर्दो राजनिती गरेर चुनाव जित्छु भन्ने एमालेको दिवा सपना मात्र हो।

कार्यक्रम लाई सम्बोधन गर्ने क्रममा प्रदेश क का उम्मेदवार हरि दहालले सात साल देखि माओबादी जनयुद्द बाट प्राप्त उपलब्धिको रक्षार्थ यो गठबन्धन भएको र माउ नितिलाइ बचाउ नगरे सम्म रास्ट्र बचाउन सकिँदैन,निरंकुश लादने शासन बिरुद्द्को गठबन्धन लाई जिताउनुनै अहिलेको उपल्ब्धी रहेको बताउनु भयो।

ललितपुर क्षेत्र एक ख प्रदेसका प्रत्यक्ष उम्मेदवार मीन कृष्ण महर्जनले हामी बोलेर भन्दा पनि काम गरेर देखाउने पाटी भएको प्रस्ट पार्नु भयो । महर्जनले हामिले अहिले सम्म जनताको शिर ठाडो गार्ने काम गरेका छौ चाहे चुनाव जितौ या हारौ हामिले हाम्रो कर्तव्य भुलेका छैनौ।एमालेले बीस बर्ष प्रतिनिधि भएर काम गरे प्रतिनिधि हुदा कति बिकास गर्यो त्यसको लेखाजोखा राख्ने काम जनताले गर्लान त्यता तिर म जान चाहान्न किन भने त्यो घाम जस्तै छर्लङ्ग छ। ०६४ मा माओबादी केन्द्रका बर्ष मान पुन निर्वाचित हुदा र ०७० मा उदय राणा जितेपछी जति बिकास भयो त्यो भन्दा बढी भएको छैन।०७० मा उदय राणाले जिते पछि कान्तिलोकपथ निर्माण गर्न पाँच अरब भन्दा बढी बजेट बिनियोजित भयो बागमती प्रदेशमा हाम्रो नेतृत्व भएको एक महिना नपुग्दै हामिले ४० करोड बजेट पार्न सफल भएका छौ।यहि हिसाबले हामी नेतृत्व गर्ने ठाउमा पुग्यौ भने १६५ निर्वाचन क्षेत्र मध्यकै उत्कृष्ट क्षेत्र बनाउन सक्छौ। महर्जन अगाडि थप्छन् “०७४ को स्थानीय निर्वाचनमा मेरो एजेन्डा चापागाउमा मिनि रंगशाला बनाउने थियो,खेलकुदको `ख´ थाहा नपाउने हरु रंगशाला बनाउछु भन्दै हिड्नु जतिको मजाक अरु केहिमा हुदैन”।

ललितपुर क्षेत्र एक का समानुपातिक उम्मेदवार तथा नेपाली कांग्रेस माहाधिबेसन प्रतिनिधि शशी खड्का ले विभिन्न कालखण्डमा सामाजिक संघ संस्था,सहकारिको माध्यम बाट आम महिलाहरुको उथ्थान गर्ने कार्यमा भुमिका निर्वाह गर्दै आइरहेको र आगामी दिनमा पनि महिला दिदिबहिनी हरुको मुद्दा उठाइरहने प्रतिबद्धता व्यक्त गर्नु भयो।

माओबादी केन्द्रका केन्द्रिय सदस्य तथा क्षेत्र एक का समानुपातिक उम्मेदवार उर्मिला लामाले गठबन्धनको टिमले हार्ने छुट नभएको बताउनु भयो । पानी पोखरी होइन दुघ पोखरी बन्नु पर्छ जन आन्दोलनको बेला हजारौ नेपालिले बलिदान गरि पाएको संबिधानको रक्षा गर्नको निमित्त पनि गठबन्धनले चुनाव जित्न अपरिहार्य रहेको बताउनु भयो।

माओबादी केन्द्रका केन्द्रीय सदस्य गंगा पराजुलीलीले गठबन्धनको बिरुद्द अनगरल प्रचार गरिएको छ,यो गठबन्धन भड्काउने षड्यन्त्र मात्र रहेको छ बताउनु भयो। त्यसै गरि ए समाजबादीका नेता रबिन सिलवाले इमानदारीपूर्वक छातिमा हात राखेर मतदान गर्ने हो भने प्रत्यक्ष उम्मेदवार लाई जिताउन गारो नहुने बताउनु भयो ।

नेपाली कांग्रेस क्षेत्रीय सभापती सुन्दर मान थिङको सभापतित्वमा सम्पन्न कार्यक्रममा गठबन्धनको तर्फ बाट नेता तथा कार्यकर्ताको बाक्लो उपस्थित रहेको थियो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button