राजनीतिसमाचार

एउटै पार्टीको बहुमत पुग्न गाह्रो भएकाले गठबन्धन गरिएको देउवाको भनाइ

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एउटै पार्टीको मात्रै बहुमत पुग्ने अवस्था नरहेकाले अन्य दलसँग गठबन्धन गर्नुपरेको प्रष्ट पार्नु भएको छ ।

कांग्रेस स्याङ्जाको प्रथम जिल्ला सम्मेलनलाई पुतलीबजारमा सम्बोधन गर्दै सभापति देउवाले संविधानअनुसार कुनै पनि पार्टीको बहुमत नआउने भएकाले गठबन्धन गर्नु रहर नभइ बाध्यता भएको बताउनु भएको हो । संविधानमा समानुपातिक समावेशी प्रणालीको व्यवस्था गरिएकाले पनि एउटा मात्रै पार्टीले बहुमत ल्याउन सक्ने अवस्था नदेखिएको उहाँले बताउनु भयो ।

पार्टीको इतिहासलाई सम्झेर यसलाई अझै बलियो बनाउने गरी अगाडि बढ्न सभापति देउवाले कार्यकर्तालाई निर्देशन पनि दिनुभयो । उहाँले कांग्रेस सिद्धियो, सिद्धियो भन्ने गरेको भए पनि आफूले जस्ताको तस्तै देखेको टिप्पणी गर्नुभयो ।

 

Related Articles

Back to top button