समाचार

जनभावना क्यामपसको ३२औ स्थापना दिवस सम्पन्न

ललितपुर । जनभावना  क्याम्पसको ३२ औँ वार्षिकोत्सव फागुन ३० गते सोमबार  सम्पन्न भएको  छ ।

उक्त कार्यक्रमका प्रमुख अतिथि  तथा विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा डा देवराज अधिकारीले  क्याम्पसको  वार्षिकोत्सवलाई शुभकामना  दिँदै  उहाँले भन्नू भयो नेपालमा  २ सय भन्दा बढी सामुदायिक  क्याम्पस रहेको तर धेरै जस्तो क्याम्पसमा विद्यार्थी सङख्या कम रहेको बताउनुभयो।

यस क्याम्पसले  दक्षिण ललितपुर लगायत ललितपुर भरिका  विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा प्रदान गरेको  छ । सरकारले क्याम्पस सञ्चालन गर्न संम्बन्धन दिइरहने  तर  अनुगम नगर्ने परिपाटीका  कारण सामुदायिक , आंगिक र  निजि कलेजमा पनि विद्यार्थी सङ्ख्या घट्दै गएको धारणा राख्नुभयो । केही समय देखि विद्यार्थीहरु अमेरिका , बेलायत ,अष्ट्रेलिया जाने प्रवृत्ति बढेको छ  । यसलाई रोक्न र  दक्ष जनशक्ति स्वदेशमा नै राख्ने दायित्व राज्य र सरोकारवालाको रहेको धारणा राख्नुभयो । यसै गरि  वागमती प्रदेश सांसद मधुसुदन पौडेलले भौतिक पूर्वाधारको विकास  गर्न आर्थिक सहयोग गर्ने बताउनुभयो ।

माहाँकाल गाउँपालिका अध्यक्ष गणेश बहादुर केसीले दक्षिण ललितपुरको शिक्षाको विकास गर्न क्याम्पसले खेलेको भूमिकाको चर्चा गर्नुभयो । गोदावरी  नगरपालिका वडा नं . १० का अध्यक्ष शेखर न्यौपानेले नगरपालिकाले क्याम्पसलाई ३० रोपनी जग्गा दिएको र भौतिक पूर्वाधार बनाउन सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । गोदावरी शिक्षा शाखा प्रमुख दिनानाथ पन्थीले क्याम्पसले प्रविधिक तथा अनुसन्धान मुलक शिक्षा प्रदान गरेको बताउनुभयो ।
जनभावना क्याम्पस व्यवस्थापन समितिका  अध्यक्ष रबिन्स शर्माले  विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा दिएर ललितपुर जिल्लाको नमुना कलेज  बनाउने उद्धेश्य रहेको बताउनुभयो । उहाँले भन्नुभयो शिक्षक र विद्यार्थीहरुको  मुहारमा  मुस्कान ल्याउछौँ ।

जनभावना  क्याम्पसमा गोदावरी नगरपालिका , माहाँकाल  गाउँपालिका , वागमती गाउँपालिका , कोन्ज्योसोम  गाउँपालिका र  मकवानपुर जिल्लाका  विद्यार्थीहरु अध्ययन गर्न अाउने गरे छ।
यश क्याम्पस बाट  पास भएर जानुभएका विद्याथीहरु देश तथा विदेशका उच्च पदमा रहेर काम गर्नुहुन्छ ।  स्नातक तह बिए  , बिबि एस , बि एड, ११ र १२  कक्षामा अध्ययनरत छात्र छात्राले

विभिन्न  सांस्कृतिक र   अतिरिक्त क्रियाकलाप खेलकुद ,हाजिरी जवाफ , वक्तृत्वकला  लगायत वार्षिक परीक्षामा सहभागी भएर प्रथम , द्धितिय र तृतिय स्थान ल्याउनुहुने छात्र छात्रालाई  नगद , मेडल  र ट्रफी प्रदान गरेको  छ    गीत , नृत्य ,ब्यान्ड प्रस्तुत गर्नु भएको थियो ।

Related Articles

Back to top button