अर्थतन्त्रसमाचार

सेयर बजारमा निरन्तर गिरावट

नेप्से परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ।

साताको पहिलो कारोबार दिन आइतबारदेखि निरन्तर ओरालो लागेको नेप्से परिसूचक आज ३.९४ अंकले घटेर २०८४.०९ विन्दुमा कायम भएको हो।नेप्से घटेसँगै कारोबार रकम पनि बुधबारको तुलनामा घटेको छ। यसदिन ३०४ कम्पनीको १ करोड १६ लाख ८९ हजार ९५५ कित्ता सेयर ३ अर्ब ७६ करोड ४५ लाख ५ हजार ४५० रुपैयाँमा खरिदबिक्री भए। बुधबार ३ अर्ब ८९ करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो।कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स शीर्षस्थानमा रहेको छ ।

कारोबारमा आएका १३ उपसमूहमध्ये ५ वटाको मूल्य बढ्दा ८ वटाको घट्यो।

Related Articles

Back to top button