समाचार

नगर प्रहरी प्रमुख राजु पाण्डेको बढुवा

काठमाडौं महानगरपालिकाले नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेको बढुवा गरेको छ ।

हाल नगर प्रहरी उपरीक्षक रहेका पाण्डेलाई मंगलबार बसेको कार्यपालिका वैठकले नगर प्रहरी वरिष्ठ उपरीक्षक पद दिने निर्णय गरेको हो ।महानगरपालिकाको नगर प्रहरी ऐनमा नगर प्रहरी प्रमुख एसएसपी हुने प्रावधान छ । सोही अनुसार कार्यपालिका वैठकमा सुशासन समितिका संयोजक ख्यामराज तिवारीले प्रस्ताव गरेको ३ जना एसपीको नाममध्ये पाण्डेको नाम एसएसपीमा सर्वसम्मतिले निर्णय गरेको थियो ।

समितिले एक नम्बरमा पाण्डे, दुई नम्बरमा विष्णु जोशी र ३ नम्बरमा दिनेश अर्यालको नाम सिफारिस गरेको छ । कार्यसम्पादन मुल्यांकन, वरियताको आधारमा पाण्डेको नाममा निर्णय गरेको हो ।

Related Articles

Back to top button