अन्यसमाचार

नयाँ बानेश्वरको सडक भासियो

काठमाडौँको मुख्य सडक नयाँ बानेश्वर चोकको सडक भासिएको छ । सडक भासिँदा गुड्दै गरेको बस फसेको हो ।

नयाँ बानेश्वरस्थित इन्द्रेणी फुडल्याण्ड नजिकै शुक्रबार बिहान गुड्दै गरेको बस एक्कासि भासिएर फसेपछि यात्रुहरू आत्तिँदै ओर्लिएका थिए  । गुड्दै गरेको बा ३ ख ३७६२ नम्बरको बस सडक भासिँदा पछाडितर्फको चक्का फसेकाले क्रेन मगाएर हटाउने तयारी भइरहेको छ ।

सडक खण्ड यसअघि पनि पटक पटक भासिदै आएको थियो ।

Related Articles

Back to top button