समाचार

त्रिभुवन विमानस्थलमा अध्यागमनका कर्मचारीमाथि हातपात घटनामा छानबिन समिति गठन

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन कार्यालयका प्रमुख गोगन हमाल र अध्यागमन अधिकृत छायाँनाथ मोक्तानमाथि भएको कुटपिटबारे छानबिन गर्न गृह मन्त्रालयले समिति बनाएको छ । आज विमानस्थलमा प्रहरीले उनीहरूमाथि कुटपिट गरेका थिए ।

मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले एक वक्तव्य जारी गर्दै घटनाको आवश्यक छानबिन गरी तीन दिनभित्र प्रतिवेदन पेस गर्न तीन सदस्यीय छानबिन समिति गठन गरिएको जानकारी दिएका छन् ।

मन्त्रालयका सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा गठित समितिमा नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक राजेशनाथ बास्तोला र सीमा तथा अध्यामन प्रशासन शाखाका उपसचिव कुल बहादुर जीसी सदस्य रहेका छन् ।

Related Articles

Back to top button