समाचार
ललिता निवास जग्गासम्बन्धी मुद्दाको सुनुवाइ सकियो, भोलि फैसला सुनाउने
ललिता निवास जग्गा घोटाला प्रकरणको मुद्दामा सुनुवाइ सकिएको छ । माघ २ गतेदेखि निरन्तर सुनुवाइ भएको सो मुद्दाको सुनुवाइ मंगलबार सकिएको हो ।
विशेष अदालतमा भएको सुनुवाइको आज (मंगलबार) २१ औँ दिन रहेको छ । भोलि (बुधबार) फैसला सुनाउने तयारी रहेको विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले जानकारी दिए ।
यसअघि जिल्ला अदालत काठमाडौँले ललिता निवास प्रकरणमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीन बहादुर गुरुङसहित १७ जनालाई धरौटीमा छाडेको थियो । गुरुङसँग अदालतले २ करोड ४६ लाख रुपैयाँ धरौटी समेत माग गरेको थियो ।