समाचार

वर्ष व्यक्ति सम्मानमा कलाकार चन्द्रमुखी र आरजे सम्मानित

ललितपुर ,२५ औं नेतृत्व पदस्थापना तथा व्यक्तित्व सम्मान कार्यक्रम ललितपुरमा सम्पन्न भएको छ।

चम्पापुर जेसिसले आयोजना गरेको कार्यक्रममा सन् २०२४को नयाँ टिमलाई पद हस्तान्तरण भएको छ ।नयाँ नेतृत्व ललितपुर भटेडाँडाका विनोद तिमल्सिनाले ग्रहण गरेका छन् ।प्रमुख अतिथि गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले सन् २३ का व्यक्तित्वलाई सम्मान हस्तान्तरण गर्नु भयो ।

सन् १९९९मा सुरु भएको जेसिसको यो २५ औं नेतृत्व हो।कार्यक्रममा विशेष अतिथि ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवार ,राष्ट्रिय जेसिहरु , मातृ शाखाका प्रमुख / प्रतिनिधिहरूको उपस्थिति थियो ।कार्यक्रममा ललितपुर इकुडोलका युवा व्यक्तित्व शिक्षा तथा सञ्चारकर्मी नवराज सञ्जेल( आरजे) , कलाकार सीतादेवी घिमिरे (चन्द्रमूखी),सहकारीकर्मी राजेन्द्र घिमिरे ( इमेज) लाई सम्मान गरियो ।हरेक एक एक वर्षमा नेतृत्व परिवर्तन हुने जेसिसमा १८ वर्ष देखि ४० वर्षका युवा मात्र समेटिन्छ।

Related Articles

Back to top button