अन्यसमाचार

सिन्धुपाल्चोकमा कार दुर्घटना हुँदा २ जना भुटानी नागरिकको मृत्यु

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका-१ स्थित दोरिङ भिरमा कार दुर्घटना हुँदा दुई भुटानी नागरिकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।

घाइतेमध्ये चार जना भुटानी नागरिक र एक नेपाली रहेको गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाले जानकारी दिए । घाइते नेपाली चालक हुन् । मृतकको सनाखत भने भएको छैन ।

घाइतेहरूलाई उपचारका लागि काठमाडौँ लैजाने तयारी गरिएको उनले बताए ।

Related Articles

Back to top button