राजनीतिसमाचार

बालकुमारी घटनाको प्रतिवेदन अध्ययनपछि आवश्यक कारवाही गरिन्छ : प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहालले बालकुमारी घटनामा छानविन समितिले दिएको रिपोर्ट अध्यययन गरी आवश्यक कारवाही गरिने बताउनुभएको छ ।

उहाँले अहिलेसम्म आफूले प्रतिवेदन नहेरेको भन्दै आजै हेर्ने र आजै बस्ने मन्त्रिपरिषद्को बैठकले प्रतिवेदन अध्ययन गरी आवश्यक कारबाही गरिने बताउनु भयो ।आजै मन्त्रिपरिषद् छ त्यसलाई सरकारले बनाएको छानविन समितिले छानविन गरेर ल्याएको प्रतिवेदनको अध्ययन गरेपछि आवश्यक कारबाही गरिन्छ ।’ प्रधानमन्त्री दाहालले भन्नुभयो ।

प्रधानमन्त्री दाहालले यस घटनालाई सरकारले गम्भिरतापूर्वक लिएर तत्काल १०÷१० लाख रुपैयाँ परिवारलाई दिने निर्णय गरिनुका साथै श्रम मन्त्रालयबाट सम्बन्धित कार्यालयबाट पनि रकम उपलब्ध गराउन निर्देशन भएको बताउनु भयो ।

Related Articles

Back to top button