अर्थतन्त्रसमाचार

डलरको भाउ बढ्यो, युरो र पाउण्ड घट्यो

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।

जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ । मंगलबार अमेरिकी डलरको बढेको छ भने युरोको भाउ घटेको छ ।  सोमबार स्थिर रहेको अमेरिकी डलरको भाउ आज भने २२ पैसाले बढेको छ । मंगलबार अमेरिकी डलर एकको खरिददर १३२ रूपैयाँ ६० पैसा र बिक्रीदर १३३ रूपैयाँ २० पैसामा कारोबार भएको छ । सोमबार यसको खरिददर १३२ रूपैयाँ ३८ पैसा र बिक्रीदर १३२ रूपैयाँ ९८ पैसामा कारोबार भएको थियो ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार मंगलबार युरोपियन युरोको एकको खरिददर १४२ रूपैयाँ ६२ पैसा र बिक्रीदर १४३ रूपैयाँ २७ पैसा तोकिएको छ। त्यस्तै, सोमबार १ रुपैयाँ ६९ पैसाले घटेको बेलायती पाउण्ड सटर्लिङ आज पनि ३० पैसाले घटेको हो । मंगलबार बेलायती पाउण्ड सटर्लिङ एकको खरिददर १६६ रूपैयाँ ९२ पैसा र बिक्रीदर १६७ रूपैयाँ ६८ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर भने ८६ रूपैयाँ २६ पैसा र बिक्रीदर ८६ रूपैयाँ ६५ पैसा र क्यानेडियन डलरको एक खरिददर भने ९८ रूपैयाँ ३४ पैसा र बिक्रीमा ९८ रूपैयाँ ७८ पैसा कायम गरिएको छ ।

 

Related Articles

Back to top button