समाचार

मृतक आरती शाहको न्याय माग गर्दै वृहत नागरिक आन्दोलन सडकमा

वृहत नागरिक आन्दोलनले मृतक आरती साहको न्याय माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन गरेको छ ।

आइतबार काठमाडौंको माइतीघरमा मृतक साहको हत्या भएको भन्दै अपराधीलाई कारबाहीको माग गर्दै विरोध प्रर्दशन गरेका हुन् । विरोध प्रदर्शनमा सहभागीहरूले दण्डहीनताको अन्त्य गर, आरती साहलाई न्याय पीडितमाथिको राज्य आतंक बन्द गर, न्याय नपाए कहाँ जाने ? लगायतका प्लेकार्ड प्रदर्शन गरेका छन् ।

विरोध प्रदर्शनमा वृहत नागरिक आन्दोलनका अभियन्ता सञ्जीव उप्रेतीले आरती शाहको परिवारहरू न्यायको माग गर्दै १२२ दिन देखि धर्ना बसिरहँदा पनि सरकारले वेवास्ता गरेको भन्दै पीडितहरूको न्यायप्रप्तिको आन्दोलनमा ऐक्यवद्धता जनाउन आफूहरू आन्दोलनमा सहभागी भएको बताए ।

Related Articles

Back to top button