अन्तर्राष्ट्रियसमाचार

पाकिस्तानमा निर्वाचनको तयारी तीव्र

पाकिस्तानका मुख्य निर्वाचन आयुक्त सिकन्दर सुल्तान राजाले फेब्रुअरी ८ गते हुने आम चुनावका लागि सय जनाभन्दा बढी विदेशी पर्यवेक्षकको उपस्थित रहने बताउनुभएको छ ।

सिइसीले राष्ट्रमण्डल पर्यवेक्षक समूहलाई पाकिस्तानले विदेशी चुनाव पर्यवेक्षकहरूका लागि खुला द्वार नीति अपनाएको निर्वाचन आयोगले विज्ञप्ति मार्फत जनाएको छ । तीन हजार छ सय जनाले इएमएस प्रणाली सञ्चालन गर्न तालिम लिएको र तीन हजार थान कम्प्युटर स्थापना गरिएको छ ।  ईएमएस परीक्षणका क्रममा उत्पन्न समस्या समाधान गरी निजी नेटवर्क स्थापना गरिएको र तिनीहरू इन्टरनेट पहुँच बिना पनि काम गर्ने वातावरण निमार्ण गरिएको छ ।

पाकिस्तानको निर्वाचन आयोगले फेब्रुअरी ८ गते हुने आम निर्वाचन अघि देशका सबै निर्वाचन क्षेत्रका लागि २६ करोड मतपत्र छाप्ने काम पनि सम्पन्न गरेको छ ।

Related Articles

Back to top button