राजनीतिसमाचार

कमजोर अवस्थामा पुगेको देशको अर्थतन्त्र सुधारको बाटोमा : प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कमजोर अवस्थामा पुगेको देशको अर्थतन्त्र क्रमशः सुधारको बाटोमा ल्याउन सफल भएको बताउनुभएको छ ।

नुवाकोटको विदुरमा आजदेखि सुरु भएको आठौँ नुवाकोट महोत्सवलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले एक वर्षअघि आफू प्रधानमन्त्री हुँदाको समयमा निकै सङ्कटमा पुगेको देशको अर्थतन्त्र अहिले लयमा फर्किएको स्पष्ट पार्नुभएको हो ।

“अर्थतन्त्र सुधारका सूचकहरू अहिले सकारात्मक अवस्थामा छन्”, उहाँले भन्नुभयो, “देश र विदेशका विभिन्न निकाय तथा सरोकारवालासँग निरन्तरको बहसका क्रममा प्रधानमन्त्री कार्यालय, अर्थ मन्त्रालय र राष्ट्र बैंकको थुप्रै प्रयासले सङ्कटमा पुगेको अर्थतन्त्र लयमा ल्याउन सफल भएका हौँ ।”

तेह्र महिनाअघि आफू तेस्रो पटक प्रधानमन्त्री हुँदा कमजोर भएपनि अशिले अर्थतन्त्रमा निकै सुधार भएकाले यही क्रम रहेमा विस्तारै मुलुकलाई समृद्धितर्फ लैजान सकिने प्रधानमन्त्री दाहालको विश्वास छ ।

 

Related Articles

Back to top button