समाचार

युद्धमा मारिएका नेपालीको परिवारलाई दूतावासमार्फत राहत दिन रुस तयार

सुरक्षा फौजमा भर्ती भएर युुक्रेनसँगको युद्धमा ज्यान गुमाएका नेपालीका परिवारलाई नेपाली राजदूतावासमार्फत राहत दिन रुसी सरकार तयार भएको छ ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले रुस–युक्रेन युद्धमा रहेका नेपालीका विषयमा सरकारले गरिरहेको प्रयासमा एउटा सफलता हात लागेको बताए ।नेपाल सरकारले पीडित परिवार राहत रकम लिनकै लागि रुस आउन कठिन हुने भन्दै दूतावासमार्फत उक्त रकम नेपाल पठाइदिन अनुरोध गर्दै आएको छ । मृतकको परिवारले बीमा र राहतबापत १ करोड ५० लाख रुपैयाँ पाउन सक्छन् । तर मृतकको बीमा छैन भने प्रत्येक परिवारले लगभग ७३ लाख रुपैयाँ पाउन सक्छन् ।

रुसले गत जनवरीको सुरुवातमा पास गरेको आदेशमा युक्रेन युद्धमा सहभागी विदेशी नागरिकलाई नागरिकता दिने र राहत दिने उल्लेख छ ।परराष्ट्र मन्त्रालयको कन्सुलर विभागमा अहिलेसम्म रुसी सेनामा भर्ती भएका १५० जनाको परिवारले सुरक्षित स्वदेश फिर्ताको लागि निवेदन दिएका छन् ।

रुसी फौजमा भर्ना भएक ६ जना भन्दा बढी युक्रेनको कब्जामा छन् ।

Related Articles

Back to top button