समाचार

सिंहदरबार अगाडि शान्ति समाजको प्रदर्शन, १६ जना पक्राउ

सिंहदरबारको दक्षिण गेट अगाडि प्रदर्शन गर्न पुगेका मानव अधिकार तथा शान्ति समाजका १६ जना पक्राउ परेका छन्।

शान्ति सम्झौताको मर्म अनुसार पीडितलाई न्याय र पीडकलाई सजाय हुनुपर्ने, ‘जनयुद्ध दिवस’का नाममा दिइएको विदा खारेज हुनुपर्ने लगायतका माग राख्दै शान्ति समाजले प्रदर्शन गरेको हो।उनीहरूले रिगललाई आम माफी दिने सरकारको निर्णयको समेत विरोध गर्दै आइरहेका छन्।नाराबाजी गर्दै निषेधित क्षेत्रमा प्रवेश गरेपछि उनीहरूलाई पक्राउ गरिएको थियो।

प्रदर्शन प्रारम्भ हुनासाथ प्रहरीले समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति रामकृष्ण बराल, सल्लाहकार उत्तम पुडासैनी, केन्द्रीय सदस्य दिवाकर पुडासैनी, काठमाडौं शाखा सभापति भगवान पुडासैनी, अधिकारकर्मीहरू विकास थापा, सानु लामा, रिता अधिकारी, ईश्वर पुडासैनी, तुलसीराम भण्डारी, नानीकाजी गिरी, मनबहादुर थापा, नरेन्द्रमान श्रेष्ठ, मधु पुडासैनी, द्वन्द्व पीडित साझा चौतारीका कावा अध्यक्ष कल्याण बुढाथोकी, माओवादी पीडित संघका अध्यक्ष धर्मराज न्यौपानेसहित १६ जनालाई गिरफ्तार गरी नगर प्रहरी कार्यालय भृकुटीमण्डप कार्यालयमा राखेको छ ।

Related Articles

Back to top button